मंगलबार, मंसिर ११ गते २०८१

तनहुँको खानी खोलामा पृथ्वीराज दुईतर्फी आवागमन बन्द

तनहुँको खानी खोलामा पृथ्वीराज दुईतर्फी आवागमन बन्द

अखबार दैनिक
आइतबार, पुस ३ २०७९
  • तनहुँको खानी खोलामा पृथ्वीराज दुईतर्फी आवागमन बन्द

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकस्थित खानीखोला पुलमा पहिरो जाँदा दुईतर्फी पृथ्वीराजमार्ग अबरुद्ध भएको छ । 

    images

    आइतबार बिहान १० बजे खानीखोला पुलमा सडक निर्माणको क्रममा पुलको छेउ भासिन गई दुईतर्फी सवारी आगवन पूर्ण रूपमा बन्द भएको जिल्ला ट्राफिक प्रमुख राजिव विष्टले बताउनुभयो । मर्मत सम्भार गरी अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

    मर्मत सम्भारको लागि करिब ५ घण्टा समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएकाले सवारी साधनहरूले वैकल्पिक मार्गको प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ । सडक अबरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । खानी खोलामा गएको पहिरोले अबरुद्ध भएको सडक ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार