मंगलबार, मंसिर ११ गते २०८१

नेपालबाट 'श्रीलङ्कामा बिजुली बेच्न' कति सम्भव?

नेपालबाट 'श्रीलङ्कामा बिजुली बेच्न' कति सम्भव?

अखबार दैनिक
आइतबार, पुस ३ २०७९
  • नेपालबाट 'श्रीलङ्कामा बिजुली बेच्न' कति सम्भव?
    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले टापु देश श्रीलङ्कासम्म बिजुली आपूर्ति गर्नसक्ने सम्भावना औँल्याएका विवरण आएका छन्।  

    दक्षिण एसियाली मुलुकका सम्पादकहरूसँगको एउटा अन्तरक्रियामा अघिल्लो साता उनले भारतीय ग्रिड श्रीलङ्कासँग जोडिएको खण्डमा नेपालबाट श्रीलङ्कासम्म विद्युत् आपूर्ति हुनसक्ने धारणा राखेका थिए।

    images

    सरकारी अधिकारीहरू प्राविधिक रूपमा नेपालबाट त्यसरी विद्युत् पठाउन सम्भव रहे पनि त्यसका लागि आवश्यक पूर्वाधार र गृहकार्य अनि भारतको दह्रो साथ आवश्यक रहेको बताउँछन्।

    तर जलस्रोत मामिलालाई नजिकबाट पछ्याइरहेका एक जना पत्रकारले बाङ्लादेशलाई भारतहुँदै विद्युत् आपूर्ति गर्न अझसम्म नसकिरहेको नेपालले श्रीलङ्कामा विद्युत् आपूर्ति गर्न सम्भावना आफूले नदेखेको बताए।

    श्रीलङ्कामा कसरी पुग्न सक्छ बिजुली?

    कुलमान घिसिङ

    नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतीय ग्रिडमार्फत श्रीलङ्कामा विद्युत् आपूर्ति गर्न प्राविधिक रूपमा सम्भव रहेको बताए।

    उनी भन्छन्, “भारत, श्रीलङ्का र नेपालबीच त्रिपक्षीय सम्झौता भयो भने त्यो असम्भव होइन। हामी एउटा विन्दुमा ऊर्जा दिन्छौँ, भारतको अर्को विन्दुबाट श्रीलङ्काले लिन्छ। त्यो सम्भव त भयो तर त्यसका लागि दुईवटा देशमात्र नभई तीनवटा देशबीच सहमति हुनुपर्‍यो।” तत्कालका लागि त्यसमा प्रमुख तगारो पूर्वाधार देखिएको छ।

    सन् २०१० मा नै भारत र श्रीलङ्काले प्रसारण ग्रिड निर्माण गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्ने सम्झौता गरेको भएपनि त्यसले खासै गति लिएको पाइदैँन्।

    भारतको पावर ग्रिड कर्पोरेशनले सन् २०१५ को आफ्नो वार्षिक प्रतिवेदनमा उसको एउटा अध्ययनले समुद्र मुनिबाट केबलको सहायताले ५०० वा १,००० मेगावाट प्रसारण प्रणाली लैजाने परिकल्पना गरेको उल्लेख गरेको थियो।

    चरम आर्थिक सङ्कटसँग जुझिरहेको श्रीलङ्कासँगको उक्त परियोजना पुनः ब्युँताउने विषयमा यसै वर्षको एप्रिलमा दुई देशबीच छलफल भएको रोएटर्स समाचार संस्थाको एउटा विवरणमा उल्लेख गरिएको छ।

    श्रीलङ्काले खराब ऊर्जा सङ्कटको सामना गरिरहेको भएपनि उक्त पूर्वाधार कहिले बन्छ भन्ने प्रस्ट छैन।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार