सोमबार, जेठ ७ गते २०८१

के अब मुम्बई बस्दैछन् आयुष्मान र आशिरमान ?

के अब मुम्बई बस्दैछन् आयुष्मान र आशिरमान ?

अखबार दैनिक
आइतबार, पुस ३ २०७९
  • के अब मुम्बई बस्दैछन् आयुष्मान र आशिरमान ?
    एकै परिवारबाट आएका दाजु-भाई आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीलाई ‘हिरो मटेरियल’ भनिन्छ । चकलेटी हिरोहरुको भीड दुवै अभिनयमा राम्रो मानिन्छन् भने हिरोको मानकभित्र पनि उनीहरु अट्छन् । तर, दुवैको करिअर सुखद् छैन । डेब्यू फिल्मदेखि नै यी दाजु-भाईले सफलताको सुःख पाउन सकेका छैनन् । यसैले उनीहरुलाई फ्लप हिरोको ट्याग लागेको छ ।
     
    आयुष्मानले अभिनेत्री प्रियंका कार्कीसँग विवाह गरेपछि फिल्म ‘चि मुसी चि’मा अभिनय गरे, जुन पुष २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । आशिरमान भने तीन वर्षदेखि फिल्मविहीन छन् । पछिल्लो पटक फिल्म ‘द ब्रेकअप’मा देखिएका उनले त्यसपछि नयाँ फिल्म साइन गरेका छैनन् । डेढ वर्षदेखि आशिर भारतको मुम्बईमा बसेर फिल्म मेकिङको कोर्ष गरिरहेको जानकारीमा छ ।
     
    यतिबेला फिल्मवृतमा आयुष्मान र आशिरमान अब मुम्बईमा नै बस्न लागेको चर्चा चलिरहेको छ । यो चर्चालाई बल कहाँबाट पनि मिलेको छ भने उनीहरुकी आमा तथा मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हालै मुम्बईमा एउटा फ्ल्याट खरिद गरेकी छन् । केही दिनअघि उनले मुम्बईमा किनेको फ्ल्याटको भिडियो इन्स्टाग्राममा साझेदार गरेकी थिइन् ।
     
    रविना आजभोली बाक्लै रुपमा मुम्बई आउ-जाउ गरिरहेकी छन् । अहिले पनि उनी मुम्बईमा छिन् । उनले बुधवार इन्स्टा स्टोरीमा आयुष्मानको प्रि-बर्थडे सेलिब्रेसन गरेका तस्बिर तथा भिडियोहरु पोस्ट गरेकी छन् । उनीहरुको साथमा मुम्बईमा बस्दै आइरहेकी अभिनेत्री परमिता आरएल राणा पनि छिन् । रविनाले दुई छोराका लागि मुम्बईमा फ्ल्याट किनेको हुनसक्ने आँकलन धेरैको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार