सोमबार, जेठ ७ गते २०८१

दोहोरी आइडल आयोजना हुने, विजेतालाई १५ लाख र कार

दोहोरी आइडल आयोजना हुने, विजेतालाई १५ लाख र कार

अखबार दैनिक
शुक्रबार, पुस १ २०७९
  • दोहोरी आइडल आयोजना हुने, विजेतालाई १५ लाख र कार

    लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ । शोको डिएआर मुभिजले आयोजना गर्न लागेको हो । नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहनेछन् । 

    images

    नेपालमा पहिलो पटक हुन लागेको दोहोरी रियालिटी शो स्तरीय र निकै आकर्षक बनाइने कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । शोका विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । माघबाट सुरु हुने दोहोरी आइडल नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार