आइतबार, जेठ ६ गते २०८१

डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक

डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक

अखबार दैनिक
शुक्रबार, पुस १ २०७९
  • डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक

    काठमाडौं ।

    images

    चलचित्र डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २३ सेकेण्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका ट्रेलरमा महशुस गर्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैले हेरेर साथ दिन आग्रह गर्नुभयो । उहाँले दर्शकले आर्यन सिग्देललाई जस्तो फिल्ममा देख्न रुचाएका थिए सोही फिल्म बनेको दाबी गर्नुभयो ।

    सञ्चारकर्मीहरुको जेलमा रहेका अभिनेता पल शाहको बारेमा चलचित्र बनाइएको हो भन्दै प्रश्नसमेत गरेका थिए । जसमा उहाँले पल शाहको कथावस्तुलाई फिल्ममा नराखिएको दाबी गर्नुभयो । फिल्ममा नर्सको लाइफमा भएका उत्तारचढाव समेटिएको दाबी गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘‘सिनेमा राम्रो बनेको छ, प्याकेजको सिनेमा छ, आर्यन सिग्देललाई जस्तो फिल्ममा दर्शकहरु हेर्न चाहनुहुन्थ्यो त्यस्तै बनेको छ । पल शाहको कथावस्तुलाई यो सिनेमामा राखिएको छैन, त्यस्तो नसोच्नुहोला । यो अनुमान गलत, हो कथामा यो छैन । एउटा नर्सको लाइफमा भएका उत्तारचढावको बारेमा कथामा छ ।’’

    कार्यक्रममा कलाकार शिवहरि पौड्यालले भारतीय निर्देशक भएकाले फिल्म राम्रो बनेको बताउनुभयो । उहाँले मरमसला पूरा भएको चलचित्रका रुपमा आफूले डिसेम्बर फल्सलाई लिएको जानकारी दिनुभयो ।

    प्रविण झा निर्देशित सिनेमाको ट्रेलरमा कतैँ खुल्ला र कतै सस्पेन्स छोडिएको छ । पुस १५ गते रिलिज हुने सिनेमामा आर्यनसँगै उपासना सिंह ठकुरी, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरुको अभिनय छ ।

    बीपीका खनालको कथा, केदार भुषाल/प्रतिक पौडेलको संवाद/पटकथा रहेको सिनेमामा श्री श्रेष्ठको एक्शन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा/कोसिस क्षेत्री/सुशान्त गौतम/प्रतिक पौडेलको संगीत र वनिष शाहको सम्पादन रहेको छ । रामप्रसाद रिजालको प्रश्तुति रहेको सिनेमामा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल/अशिम काफ्लेको कार्यकारी निर्माण छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार