आइतबार, मंसिर ९ गते २०८१

चिसोले गर्दा हृद्यघातको जोखिम धेरै

चिसोले गर्दा हृद्यघातको जोखिम धेरै

अखबार दैनिक
शुक्रबार, पुस १ २०७९
  • चिसोले गर्दा हृद्यघातको जोखिम धेरै

    काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ । चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । जसले गर्दा अस्पतालमा बिरामीको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

    images

    यस्तो अवस्थामा शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके यसबाट हुने जोखिमबाट बच्न सकिन्छ ।


    तर त्यसका लागि चिसोले गर्ने असर, हुन सक्ने क्षति र त्यसबाट बच्न गर्नुपर्ने उपायका बारेमा राम्ररी थाहा पाउन आवश्यक छ ।

    चिसोले पार्न सक्ने असर
    –  शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।

    –  पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।

    –  मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।

    –  युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।

    –  रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।

    –  चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

    चिसोबाट कसरी बच्ने रु

    –  न्यानो कपडा लगाउने ।

    –  घरमा बस्दा पनि न्यानो कपडा लगाउने ।

    –  आगो ताप्ने ।

    –  यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।

    –  चिसो खानेकुरा सकेसम्म नखाने, तातो खाना खाने ।

    –  धेरै मात्रामा झोलिलो खानेकुरा खाने । धेरै नुनिलो नखाने

    –  पौष्टिक खानेकुरामा जोड दिने ।

    –  बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।

    –  मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।

    –  समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार