काठमाडौं । नेपाली चलचित्र ‘प्रसाद २’ को छायांकन बिहीबारबाट सुरू भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ ।
बिहीबार बिहान भएको शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए ।
सुदर्शन थापाद्वारा निर्देशित चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ ।
एस।जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गर्दैछन् । सुवास थापा चलचित्रका प्रस्तुतकर्ता हुन् ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ । चलचित्रलाई संचारकर्मी सुशिल पौडेलले लेखेका हुन् ।