बिहीबार , असोज ३ गते २०८१

२० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बङ्लादेशसँग खेल्ने

२० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बङ्लादेशसँग खेल्ने

अखबार दैनिक
शुक्रबार, पुस १ २०७९
  • २० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बङ्लादेशसँग खेल्ने

    काठमाण्डौ: बङ्लादेशमा हुने २० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

    images

    दक्षिण एसियाली फुटबल फेडेरेसनले हिजो खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिप आउँदो फेब्रुअरी ३ देखि ९ तारिखसम्म ढाकामा हुनेछ ।


    प्रतियोगितामा नेपाल, बङ्लादेश, भारत र भुटान सहभागी हुनेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा फेब्रुअरी ३ मा आयोजक बङ्लादेशसँग खेल्नेछ ।

    यस्तै, भुटानसँग फेब्रुअरी ५ र भारतसँग फेब्रुअरी ७ तारिखमा खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ