सोमबार, जेठ ७ गते २०८१

हलिउड फिल्म ‘अवतार २ द वे अफ वाटर’ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै

हलिउड फिल्म ‘अवतार २ द वे अफ वाटर’ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै

अखबार दैनिक
बिहीबार , मंसिर २९ २०७९
  • हलिउड फिल्म ‘अवतार २ द वे अफ वाटर’ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै

    एजेन्सी । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २ द वे अफ वाटर’लाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सकारात्मक समीक्षा गरेको छ ।

    images

    जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को दोस्रो श्रृंखला १३ वर्षपछि भोलि शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदैछ । उत्तर अमेरिकामा १ सय ७५ मिलियन डलर र भारतमा ५० करोड भारतीय रुपैयाँको ओपनिङ गर्ने प्रक्षेपणको बीच ‘अवतार २’ प्रदर्शन हुन लागेको हो ।

    हलिउड रिपोर्टरका समीक्षक डेभिड रुनी लेख्छन्, ‘जेम्स क्यामरुनको यो मेगा सिक्वेलले एक्सन, इमोसन र थ्रिलिङ थ्रीडी भिजुअल प्रदान गर्छ ।’

    उनी थप लेख्छन्, ‘कथा परिष्कार र अझ धेरै संवादको सन्दर्भमा यो ३ सय ५० मिलियन डलरको सिक्वेल पूर्ववर्ती जस्तै सामान्य छ, कहिलेकाहीं कमजोर पनि । तर विस्तारित, जैविक विविधतापूर्ण विश्व निर्माणले तपाईंलाई भित्र तान्छ, दृश्यले तपाईंलाई मन्त्रमुग्ध बनाउँछ । वातावरणीय जागरूकताको जोशप्रति उत्तेजित बनाउँछ र मल्टिप्लेक्स दर्शकले चाहेजस्तो भिजुअल र रोमाञ्चकता प्रदान गर्छ ।’

    इन्डीवायरका समीक्षक ओबेन ग्लिरबरम्यान लेख्छन्, ‘जेम्स क्यामरुनको अवतार फिल्म हलको अनुभवका लागि बनाइएको हो । फिल्म निर्माता पनि साँचो अर्थमा पान्डोरामा फर्कनेबारे शंकास्पद थिए, तर द वे अफ वाटर अघिल्लो भागबाट सुधारिएको फिल्म हो ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार