शनिबार, मंसिर ८ गते २०८१

नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता आर्मीका खेलाडी सम्मानित

नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता आर्मीका खेलाडी सम्मानित

अखबार दैनिक
बिहीबार , मंसिर २९ २०७९
  • नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता आर्मीका खेलाडी सम्मानित

    काठमाडौं । गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आर्मीका खेलाडी र प्रशिक्षक सम्मानित भएका छन् । खेलाडीलाई नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सम्मान गरेको हो ।

    images

    पदक विजेता खेलाडीलाई बुधबार जंंगी अड्डामा आयोजित कार्यक्रमबीच प्रधान सेनापति प्रभुराम शर्माले सम्मान गर्नुभयो । शर्माले आर्मीबाट नवौंमा कीर्तिमान रच्न सफल १४ खेलाडी, ३२ जना प्रशिक्षक, स्वर्ण, रजत र कांस्य विजेतालाई प्रशंसा निशान पदकबाट सम्मान गरेको हो । 

    सआर्मीले प्रतियोगिताको क्रममा प्याराग्लाइडिङ खेलाडीको ज्यान गएको घटनाप्रति दुःख समेत ब्यक्त गरेको थियो । नवौंमा आर्मी एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कांस्य गरी कूल तीन सय ७१ पदकसहित च्याम्पियनब नेको थियो । च्याम्पियन खेलाडी  प्रशिक्षकहरुलाई प्रधान सेनापति शर्मा, बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्का लगायतल बधाइ तथा धन्यवाद दिनुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ