मंगलबार, मंसिर ११ गते २०८१

बेलायती सरकारले निर्माण गरेको गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

बेलायती सरकारले निर्माण गरेको गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

अखबार दैनिक
बिहीबार , मंसिर २९ २०७९
  • बेलायती सरकारले निर्माण गरेको गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

    हुम्ला । बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ । करिब ६७ किलोमिटर लामो गमगढी देउली सडकको निर्माण कार्य सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुुर शाहीलाई हस्तान्तरण गरिएको हो ।

    images

    सडक निर्माणका लागि एक अर्ब ६६ करोड ९३ लाख ५२ हजार लागतमा निर्माण भएको सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको गरिएको हो । यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ । कुल निर्माण भएको सडकमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकमा चार वटा पक्की पुल निर्माण गरिएका छन् ।

    सन् २०१८ को अक्टोबर महिनाबाट सुरु भएको सडक निर्माणका क्रममा चार हजार चार सयबढी स्थानीय श्रमिकहरुलाई रोजगारी दिइएको र निर्माण कार्यमा जुट्नुु भएका कुल श्रमशक्तिको ३५ प्रतिशत भन्दाबढी महिलाहरु सहभागी भएको जानकारी गरिएको  थियो । उक्त सडक निर्माण कार्यका लागि खटिनुु भएका महिला कामदारलाई पनि पुरुष सहर ज्याला दिएर काममा लगाइएको थियो ।  सडकमा काम गर्ने प्रत्येक श्रमिकले आठ लाख भन्दा आम्दानी गर्न पनि सफल हुनु भएको थियो ।

    पूर्वाधार विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुुख पन्नासिंह बोहराले गमगढी देउली लिङ्क सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्य भएको बताउनुुभयो । कर्णालीका मुख्यमन्त्री शाही र बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा सो सडक ग्रामीण पहुँच कार्यक्रमले (र्याप थ्री) निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको हो ।

    सडक हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गर्नुहुँदै हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौँ–धौँ हुने सडकमा अहिले गाडी गुडेको बताउनुभयो ।

    मुख्यमन्त्री शाहीले विकासको पहिलो आधारनै सडक भएको र सडक भएपछि अरु आवश्यकता पनि पूरा हुँदै जाने धारणा औंल्याउनुभयो । सडकको अपनत्व लिनका लागि उहाँ मुुगुु पुुग्नुु भएको थियो ।

    कार्यक्रममा बेलायती राजदूत पोलिटले गमगढी–देउली सडकले हुम्लालाई औपचारिक रुपमा सडक सञ्जालसँग जोडेको बताउनुुभयो । उहाँले बेलायत सरकारको मुख्य कार्यक्रम ग्रामीण पहुँच कार्यक्रमअन्र्तगत चार दशमलव पाँच मिटर चौडा लिंक सडकको निर्माणले खुट्टाले हिँड्ने बाटोलाई प्रतिस्थापन गर्न सहयोग पुुगेको बताउनुुभयो ।

    राजदूत पोलिटले बेलायतले नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक भएको बताउनुुभयो  । उहाँले सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधा लगायतमा महत्त्वपूर्ण क्षेत्रमा परिवर्तन आएको जानकारी दिनुुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार