मंगलबार, मंसिर ११ गते २०८१

भारतीय सेना र नेपाली सेनाबीच शुक्रवारबाट संयुक्त सैन्य अभ्यास हुंदै

भारतीय सेना र नेपाली सेनाबीच शुक्रवारबाट संयुक्त सैन्य अभ्यास हुंदै

अखबार दैनिक
बिहीबार , मंसिर २९ २०७९
  • भारतीय सेना र नेपाली सेनाबीच शुक्रवारबाट संयुक्त सैन्य अभ्यास हुंदै

    काठमाण्डाै:  नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । रुपन्देहीको सालझण्डीमा आगामी १६ डिसेम्बरबाट दुवै देशका सेनाबीच संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।

    images

    बटालियन तहको उक्त सैन्य अभ्यासमा ३ सय ५० जनाको सहभागिता रहनेछ । ‘सूर्य किरण’ नाम दिइएको उक्त सैन्य अभ्यासको यो १६ औं संस्करण हो । सैन्य अभ्यास डिसेम्बर २९ मा सकिनेछ । अभ्यासमा सहभागि हुनको लागि बुधवार भारतिय सेनाको टोली सालझण्डी पुगिसकेको छ ।


    सूर्यकिरण नाम दिइएको उक्त सैनिक अभ्यास प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षणलगायतमा केन्द्रीत हुनेछ । यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पु¥याउने अपेक्षा दुवै देशका सेनाले गरेका छन् ।

    यसअघि भारतको उत्तराखण्डको पिथौरागढमा एक्सरसाइज सूर्य किरणकोे १५ औं संस्करण सम्पन्न भएको थियो । भारतको पिथौरागढमा गत वर्ष असोज ४ देखि कार्तिक १३ गतेसम्म सैन्य अभ्यास चलेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार