मंगलबार, मंसिर ११ गते २०८१

दलित समुदायलाई जाडो छल्न परालकै आगोको भर

दलित समुदायलाई जाडो छल्न परालकै आगोको भर

अखबार दैनिक
बिहीबार , मंसिर २९ २०७९
  • दलित समुदायलाई जाडो छल्न परालकै आगोको भर

    लहान । हरेक वर्ष तराई–मधेसका जिल्लाहरूमा आउने शीतलहरको चिसोबाट जोगिन गरिब दलित समुदायहरूलाई परालकै आगो तापेर जाडो काट्ने बाध्यता रहँदै आएको छ । 

    images

    यस वर्ष मङ्सिर महिनाको अन्तिम सत्तादेखि सुरु भएको शीतलहरको कहरमा लहान–१३ गणेशपुरका चमार समुदायहरू बिहानको चिसो छल्न तीन चार ठाउँमा परालकै आगो(घुरा) तापेर चिसोबाट जोगिन थालेको त्यस गाउँका ६० वर्षीय सीताराम मोचीले बताउनुभयो । उहाँको अनुसार यो गणेशपुरका राम बस्तीमा मात्रै होइन नभएर अन्य  दलित समुदायमा ९० प्रतिशतभन्दा बढी सुकुम्वासी र आर्थिक अवस्था कमजोर हुनेहरू शीत लहर र बाढीको चपेटामा पर्ने नियति नै भैसकेको छ । 

    धानको परालको आगो एक दुई चार मिनेटसम्म पनि टिक्न नसक्ने भएकोले परालको आगो शीत लहर छल्न भरपर्दो नभएको लहान–१ का आनन्दी समुदायले पीडा पोख्दै भन्नुभयो,‘हरेक दलित बस्तीमा शीत लहर लाग्न सुरु हुनुभन्दा अगावै दाउरा र न्यानो लुगाको लागि स्थानीय वडा र नगरपालिकाले जोहो गरी दिए ठुलो राहत हुन्थ्यो ।’

    शीतलहरूमा परेर प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरू शीत लहरको कारण मृत्युको मुखमा पर्नेहरूको सङ्ख्या उल्लेखनीय भएकोले शीत लहरको सुरुवात भएसँगै सङ्घ संस्थाहरू र स्थानीय सरकारले लक्षित प्रभावित हुने दलित बस्तीहरुमा आगो ताप्ने दाउरा र न्यानो लुगाको लागि बजेट नै विनियोजन गर्नुपर्ने दलित अभियानकर्मी उमेश विसुन्केको माग रहेको छ । 

    शीतलहर सुरु भएको छ । अब लहान नगरपालिकाको २४ वटै वडाहरूमा कुनै पनि दलित समुदाय शीतलहरको कहरमा यस वर्ष पर्नु हुँदैन,त्यसको लागि लहान नगरपालिका आवश्यक राहतको लागि पूर्व तयारीको अवस्थामा रहेको लहान नगरप्रमुख महेश प्रसाद चौधरीले विश्वास दिलाउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार