आइतबार, जेठ ६ गते २०८१

भारतीय अभिनेता विवेक ओबरोय आज नेपाल आउँदै

भारतीय अभिनेता विवेक ओबरोय आज नेपाल आउँदै

अखबार दैनिक
बुधबार, मंसिर २८ २०७९
  • भारतीय अभिनेता विवेक ओबरोय आज नेपाल आउँदै

    काठमाडौं । भारतीय अभिनेता विवेक ओबरोय बुधबार नेपाल आउने भएका छन् ।

    images

    विवेक चर्चित भारतीय अभिनेता हुन् । उनले तेलगु, मलयालम, कन्नड लगायत थुप्रै फिल्महरुमा अभिनय गरेका छन् ।

    एक साता नेपाल बस्ने गरेर उनी आज साँझ ६ बजे परिवारसहित नेपाल आउन लागेका हुन् । नेपाल बसाइको क्रममा उनले सगरमाथाको बेसक्याम्प, पोखरा र लुम्बिनीको भ्रमण गर्नेछन् । त्यसैगरी उनले पशुपति नाथको दर्शन पनि गर्नेछन् ।विवेकले केही अगाडि एक भिडियो सन्देश जारी गर्दै नेपाल भ्रमणबारे जानकारी दिएका थिए ।

    विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । उनी नेपालमा पुनमको मिट एण्ड ग्रीट लगायत केही कार्यक्रममा पनि सहभागी हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार