फिदिम । पाँचथरको फिदिम नगरपालिका १४ लुङरुपाकी ९२ वर्षीय सुखरानी नेम्वाङको जलेर मृत्यु भएको छ । घरमा एक्लै बस्नुभएकी नेम्वाङको बुधवार बिहान निधन भएको हो । अगेनामा बालेको आगो कपडामा सल्किँदा उहाँको निधन भएको हो । आगोले घर पनि जलेर पूर्ण रुपमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन ।
स्थानीयका अनुसार नेम्वाङ सो घरमा एक्लै बस्दै आउनुभएको थियो । घटनाको जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली पठाइएको पाँचथरका प्रहरी प्रमूख (प्रहरी नायव उपरिक्षक) हरि खतिवडाले जानकारी दिनुभयो ।