मंगलबार, मंसिर ११ गते २०८१

४ महिनामा भित्रियो १२ करोडको राइस कुकर, सबैभन्दा धेरै चीनबाट

४ महिनामा भित्रियो १२ करोडको राइस कुकर, सबैभन्दा धेरै चीनबाट

अखबार दैनिक
मंगलबार, मंसिर २७ २०७९
  • ४ महिनामा भित्रियो १२ करोडको राइस कुकर, सबैभन्दा धेरै चीनबाट

    चालू आर्थिक वर्ष २०७८९–८० को ४ महिनाको अवधिमा नेपालमा १२ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको राइस कुकर आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा छ । साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो ।

    images

    विभागका अनुसार यस अवधिमा विदेशबाट १२ करोड रुपैयाँभन्दा बढीको १ लाख ११ हजार वटा राइस कुकर आयात भएको छ । उक्त मूल्यको राइस कुकर भित्र्याउँदा आयाकर्ताले ३ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व बुझाएका छन् ।

    यस अवधिमा नेपालमा विभिन्न १४ वटा देशबाट राइस कुकर आयात भएको देखिन्छ । विभागको तथ्यांकअनुसार चीनबाट सबैभन्दा धेरै ११ करोड ७६ लाख रुपैयाँभन्दा बढीको राइस कुकर आयात भएको छ । यस्तै, भारतबाट ७७ लाख ७६ हजार रुपैयाँ बराबरको राइस कुकर भित्रिएको छ ।

    यसबाहेक, अन्य मुलुकबाट समेत राइस कुकर भित्रिएको छ । बहरायन, ब्रनाइ, क्यानडा, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंगापुर, थाइल्याण्ड र संयुक्त अरब इमिरेट्सबाट समेत राइस कुकर आयात भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार