सोमबार, जेठ ७ गते २०८१

यस्तो बन्यो प्रियंका अभिनित ‘चि मुसी चि’को टिजर

यस्तो बन्यो प्रियंका अभिनित ‘चि मुसी चि’को टिजर

अखबार दैनिक
मंगलबार, मंसिर २७ २०७९
  • यस्तो बन्यो प्रियंका अभिनित ‘चि मुसी चि’को टिजर

    हरर थ्रिलर फिल्म ‘चि मुसी चि स् इभन डेड डिजायर बिलिङ्गिङ’को अफिसियल टिजर रिलिज गरिएको छ । संवादविहीन १ मिनेट २३ सेकेन्ड लामो टिजरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ कौतुहलता, डर र उत्सुकता पैदा गर्छ ।

    images

    नेपालमा उच्च कोटीको हरर फिल्म हेर्ने दर्शकको चाहना फिल्मले पूरा गर्ने अपेक्षा निर्माण टिमको छ । आफूहरूले त्यहीअनुसार नै स्टोरी, छायांकन र पोष्ट प्रोडक्सनको काम गरेको प्रस्तुतकर्ता अरुण च

     

    क्रवर्ती बताउँछन् ।


    एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको फिल्मको सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट लगायतका कलाकारलाई स्थान दिइएको छ ।
    फिल्मले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ ।

    फिल्मको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । फिल्म नेपाली र बलिउड प्राविधिकको समीश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास लिइएको छ ।

    फिल्म रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्तीले लगानी गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार