मंगलबार, मंसिर ११ गते २०८१

ट्राफिक प्रहरीको कारबाहीमा परे २०७ जना विद्यार्थी

ट्राफिक प्रहरीको कारबाहीमा परे २०७ जना विद्यार्थी

अखबार दैनिक
सोमबार, मंसिर २६ २०७९
  • ट्राफिक प्रहरीको कारबाहीमा परे २०७ जना विद्यार्थी

    काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकामा सोमबार बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई  कारबाही गरेको छ ।

    images

    जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना ,कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ । सोही चेकीङ्गकै क्रममा ट्राफिक नियम उल्लघन गर्ने अन्य १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

    दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ । सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार