सोमबार, जेठ ७ गते २०८१

‘दृश्यम–२’ ले गर्‍यो २०० करोडको कलेक्सन

‘दृश्यम–२’ ले गर्‍यो २०० करोडको कलेक्सन

अखबार दैनिक
सोमबार, मंसिर २६ २०७९
  • ‘दृश्यम–२’ ले गर्‍यो २०० करोडको कलेक्सन

    एजेन्सी । ‘दृश्यम–२’ ले बक्स अफिसमा राम्रो कमाई गरी २०० करोड भारु कलेक्सन गरेको छ ।

    images

    चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ र २०१७ मा ’गोलमाल अगेन’ले २०० करोडभन्दा बढी कमाएको थियो । करिब ६० करोडको बजेटमा बनेको यो फिल्म अजय देवगनको करियरको दोस्रो ठुलो ब्लकबस्टर बन्न लागेको छ ।

    ‘दृश्यम २’ ले रिलिजको २३ औं दिनमा २०० करोडको आँकडा पार गरेको छ । यो फिल्म कुनै पनि विवादमा नभई रिलिज भएको थियो । अहिले  नयाँ फिल्म रिलिज भए पनि ‘दृश्यम २’ को कमाईमा खासै फरक परेको छैन ।

    यसअघि २०२० मा फिल्म ताना जी द अनसंग वारियरले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो । २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले २०५.६९ करोड कलेक्सन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार