मंगलबार, मंसिर ११ गते २०८१

फोहोरबाट मल बनाउन ‘कम्पोस्ट बिन’ उपलब्ध गराउँदै महानगर

फोहोरबाट मल बनाउन ‘कम्पोस्ट बिन’ उपलब्ध गराउँदै महानगर

अखबार दैनिक
शुक्रबार, मंसिर २३ २०७९
  • फोहोरबाट मल बनाउन ‘कम्पोस्ट बिन’ उपलब्ध गराउँदै महानगर

    काठमाडौँ महानगरपालिकाले घरबाट निस्कने कुहिने फोहोरबाट मल बनाउनका लागि आवश्यक पर्ने ‘कम्पोस्ट बिन’ सहुलियतमा दिने भएको छ ।

    images

    शुक्रबार महानगरको वातावरण तथा कृषि शाखाले एक सूचना जारी गर्दै फोहोरलाई स्रोतमै वर्गीकरण गरेर मल बनाउनका लागि बिन सहुलियतमा उपलब्ध गराउन लागेको हो । महानगरका अनुसार महानगरवासीलाई कम्पोस्ट बिन १ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने छ ।

    काठमाडौं महानगरपालिकाले १ साउनदेखि स्रोतमै फोहोरको वर्गीकरण गर्ने भनेर सूचना निकाले पनि सफल भने भएको थिएन । महानगर आफैँले प्राङ्गारिक मल उद्योग खोल्ने योजना बनाएता पनि स्थान अभाव भएकोले कार्यान्वयन गर्न नसकेको बताउँदै आएको छ ।

    यस अघि भक्तपुर नगरपालिकाले पनि आफ्नो पालिकामा कम्पोस्ट बिन सहुलियतमा उपलब्ध गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार