काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिनुलाई राजद्रोहको संज्ञा दिएका छन् ।
संघीय संसद्का महासचिव गौतमले प्रधान न्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन फुकुवा पत्र दिने महासचिव भरतराज गौतमबीच दुषित जालसाजीपुर्ण मिलेमतो रहेको आरोप लगाएका छन् ।
उनी भन्छन्, ‘दुई जनाबीच दुषित जालसाजीपुर्ण मिलेमतो छ । पहिल्यै साठगाठ छ । नत्र कसरी दर्ता हुन्छ ?’