बुधबार, कात्तिक ७ गते २०८२

टेष्टट्युब बेबी प्रविधिबाट नर्भिक अस्पतालमा रेखादेवी झाले पाइन् तिम्ल्याहा सन्तान

टेष्टट्युब बेबी प्रविधिबाट नर्भिक अस्पतालमा रेखादेवी झाले पाइन् तिम्ल्याहा सन्तान

अखबार दैनिक
बिहीबार , मंसिर २२ २०७९
  • टेष्टट्युब बेबी प्रविधिबाट नर्भिक अस्पतालमा रेखादेवी झाले पाइन् तिम्ल्याहा सन्तान

    विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो।

    उनी श्रीमती ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौँतारिए। भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पतीले सन्तान पाउन सकेन।

    झा दम्पतीलाई त्यसपछि निसन्तानहरुका लागि वरदान सावित नर्भिकको आईभीएफ सेन्टरको विषयमा नजिकका मान्छेहरुले सुनाए।

    अन्ततः आईभीएफ सेन्टरमा टेष्टट्युब बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरुले गरेको प्रयास पहिलोपटकमै सफल भयो। केही दिनअघि नर्भिक आईभीएफ सेन्टरमा टेस्टट्यूव बेबी प्रविधिबाट रेखादेवी झाले ३ सन्तानलाई जन्म दिएकी छिन्।

    ‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ। हामी औधी खुशी छौं।’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोद झाले बिहीबार भने, ‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ। अब मेरो परिवार पूर्ण भएको छ।’ रेखा भने शल्यक्रियामार्फत जन्मिएलगत्तै एनआइसियूमा राखिएका आफ्ना तिम्ल्याहा बच्चाहरुको प्रतिक्षामा छिन्।

    ‘डा. गणेश साहले बच्चाहरुको अवस्था राम्रो हुँदैछ, चाँडै दिने भन्नुभएको छ’, उनले भनिन्, ‘बच्चाहरु पाएको दिन म झनै खुसी हुन्छु।’ वरिष्ठ बालरोग विशेषज्ञ डा. साह नेतृत्वको टिम तिम्ल्याहा बच्चाहरुको उपचारमा संलग्न छ। 

    झा दम्पती करिब एक वर्षअघि उपचारका लागि नर्भिकको आईभीएफ सेन्टरमा आएका थिए। उनीहरुलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले दिएकी थिइन्। उनकै निगरानीमा रहेर झाले आईभीएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन्। 

    डा. शर्माका अनुसार झा दम्पतीले पहिलो प्रयासमै आईभीएफबाट सन्तान प्राप्त गरेका हुन। नर्भिक इन्टरनेशनल हस्पिटलमा शल्यक्रियामार्फत तीनवटै बच्चा निकालिएको डा. शर्माले बताइन। उनका अनुसार आमा र बच्चाहरुको अवस्था हाल सामान्य रहेकाले एक÷दुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ। 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ