मंगलबार, मंसिर ११ गते २०८१

थाङ्का लेखन तालिम आइतबार देखी सुरु

थाङ्का लेखन तालिम आइतबार देखी सुरु

अखबार दैनिक
मंगलबार, मंसिर २० २०७९
  • थाङ्का लेखन तालिम आइतबार देखी सुरु

    बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम आइतबारदेखि सुरु भएको छ । ककनीमा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक महिने थाङ्का तालिम यहाँ आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए ।

    images
    317596062_560338885934055_4850230285676949499_n (1).jpg
    undefined

    कार्यकारी निर्देशक दोङले भने‚‘धार्मिक पर्यटनलाई जोड दिनका खातिर ककनीमा यो तालिमकोआयोजना गरेको हो ।तालिममा सहभागीले सीप र ज्ञान सिक्न पाउनेछ ।’ उनले यो अवसरलाई सही सदुपयोग गर्न अनुरोधसमेत गरेका छन् । सीप ज्ञान अमूल्य हुन्छ । आजको युगमा बौद्ध दर्शनसँग जोडिएको थाङ्काले व्यावसायिक रूपमा अघि बढ्न सहज हुने कार्यकारी निर्देशक दोङले बताए ।

    317510539_514884293903093_2299199047512814869_n (1).jpg
    undefined

    यसै गरी तालिमका प्रशिक्षक मोहन दोङले हामी तालिम अवधिभर थाङ्काको उत्पत्ति, लेखन विधि, शैली र मानव सभ्यताको बिकासक्रमसँग जोडिएको विषयवस्तुसँग केन्द्रित रहने बताए । थाङ्कमा बौद्ध दर्शनसँग जोडिएको इतिहास बोकेको हुन्छ । यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके यसले आर्थिक उपार्जन गर्न सकिन्छ । यसबाट आम्दानीको राम्रो स्रोत बनाउन सकिन्छ ।’ उनले भने‚ ‘यो एक महिना तालिम उपलब्धिमूलक हुनेछ ।’

    318127408_641554730997626_4462947798440617493_n (1).jpg
    undefined

    उनले थाङ्क लेखनबाट आर्जित आर्थिकले शिक्षामा लगानी गर्दा छोराछोरीको भविष्य उज्यालो बनाउन सहज भएको उदाहरण दिँदै यो सीपले जीविकोपार्जनमा सजिलो बनाउने बताए । तालिम अवधिभर प्रशिक्षणमा मोहन दोङ, भुवनदास तामाङ, निपुण तामाङ रहनेछ । तालिममा ताप्लेजुङ, सोलुखुम्बु, धादिङ‚ नुवाकोट‚ रामेछाप लगायतका करिब डेढ दर्जनभन्दा बढीको सहभागिता रहेका छन् । कार्यक्रममा तालिमका संयोजक सन्जु योङ्गया र सहसंयोजक लक्ष्मी रुम्बा लगायतको उपस्थिति रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार