मंगलबार, मंसिर ११ गते २०८१

शुक्रबारदेखि मेलम्चीको पानी काठमाडौँका धारामा

शुक्रबारदेखि मेलम्चीको पानी काठमाडौँका धारामा

अखबार दैनिक
मंगलबार, मंसिर २० २०७९
  • शुक्रबारदेखि मेलम्चीको पानी काठमाडौँका धारामा

    शुक्रबारदेखि पुन: काठमाडौंबासीका घरको धारामा मेलम्चीको पानी आउने भएको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङ पार गरेर काठमाडौंको सुन्दरीजलमा आइपुगेसँगै  प्रशोधन गरेर शुक्रबारदेखि वितरण प्रणालीमा  छोड्न लागिएको  मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए । 

    images

    मेलम्ची नदीबाट सुरुङमा पानी छाडेको झन्डै एक सातापछि आइतबार सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुङ पूर्ण रुपमा नभरिएका कारण ३ दिन सुन्दरीजलको गेट थुनेर सुरुङमा पूर्णरुपमा पानी भर्ने काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । 

    उनले भने,‘मेलम्चीको पानी सुन्दरीजल ल्याइसकेका छौँ, अहिले काठमाडौँतर्फको गेट बन्द गरेर सुरुङमा पानी भर्ने काम भइरहेको छ । ३ दिनभित्रमा यो काम सकेर पानी प्रशोधन गरी शुक्रबारबाट काठमाडौंको वितरण प्रणालीमा पानी छोड्दैछौँ । शुक्रबार हामीले वितरण प्रणालीमा पानी छोडेको २ घण्टाभित्र सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेछ ।’ 

    काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने विषयलाई उच्च प्राथमिकता राखेर दिनरात नभनी काम गरेको परिणामस्वरूप काठमाडौंमा पानी आइपुगेको उनले बताए । 

    आउँदो मनसुन सुरु हुनुभन्दा अगाडिसम्म हिँउदभर दैनिक प्रतिसेकेण्ड २ हजार लिटर पानी अर्थात् दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहनेछ । 

    जल तथा मौसम विज्ञान विभागले दिने मनसुन सुरुको सूचना पछि बर्खायामभर पानी बन्द गरिने श्रेष्ठले बताए । साथै मनसुनको बेला पनि काण्माडौँमा पानी ल्याउन सक्ने विकल्पको बारेमा पनि अध्ययन भइरहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार