कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाडाको कालोपत्रे सडकमा फेला परेको अजिङ्गरको उद्धार गरिएको छ । सडकमा फेला परेको अजिङ्गरलाई कुण्डा सब डिभिजन वन कार्यालयले उद्वार गरेको छ।
सोमबार दिउँसो ३ बजे सडकमा ८ फिट लम्बाई, ७ दशमलव ५ किलोग्राम तौल भएको अजिङ्गर फेला परेको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए।
उक्त अजिङ्गरलाई प्रहरी र स्थानीयको सहयोगमा लालझाडी राष्ट्रिय वन क्षेत्र पुनर्वास–१० मा छोडिएको यादवले बताए।