मंगलबार, मंसिर ११ गते २०८१

लुम्बिनी प्रदेशको राजधानी सारियो बुटवलबाट दाङ

लुम्बिनी प्रदेशको राजधानी सारियो बुटवलबाट दाङ

अखबार दैनिक
मंगलबार, मंसिर २० २०७९
  • लुम्बिनी प्रदेशको राजधानी सारियो बुटवलबाट दाङ

    लुम्बिनी प्रदेशको राजधानी सारिएको छ । बुटवलमा रहेको प्रदेश राजधानीलाई दाङ सार्नु नहुने भन्दै केही पक्षले विवाद गरिरहेको बेला प्रदेश सरकारले सोमबार रातारात मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा सारेको हो ।

    images

    मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामान सोमबार राती प्रदेशको स्थायी राजधानी देउखुरी सारिएको हो । मंगलबार बिहान भने उक्त सामानहरु देउखुरीस्थिति कार्यालयमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

    यसअघि प्रदेश सभाले लुम्बिनी प्रदेश सभाको दुईतिहाई बहुमतले २० असोज २०७७ मा राजधानी दाङको देउखुरीमा सार्ने प्रस्तावलाई पारित गरेको थियो । तर, राजधानीका लागि चाहिने संरचनाको अभाव रहेको भन्दै राजधानी दाङमा सारिएको थिएन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार