सोमबार, जेठ ७ गते २०८१

चलचित्र ‘डेसान’ को सेन्सर पास

चलचित्र ‘डेसान’ को सेन्सर पास

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • चलचित्र ‘डेसान’ को सेन्सर पास

    काठमाडौं । चलचित्र सेन्सर बोर्डले फिल्म  ‘डेसान’ लाई हेर्दै सबैले हेर्न मिल्ने ‘युनिभर्सल प्रमाण पत्र दिँदै सेन्सर पास गरेको छ ।

    images

    निर्देशक कमल एक्चै मगरले चलचित्रको सेन्सर पास भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले सेन्सर पास भएको प्रमाण पत्रका साथ लेखका छन्, ‘युनिभर्सल प्रमाण पत्रका लागि सेन्सर बोर्डप्रति अभारी छौं ।’

    नवअभिनेता, अभिनेत्रीद्वय निशान चौहान र पुनम थापाको मुख्य भूमिका रहेको चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा,कविता आले,आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगर लगायतको अभिनय रहेको छ ।

    चक्रबहादुर महर्जनको छायांकन, हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी रहेको छ । चलचित्र आगामी शुक्रबारबाट प्रदर्शनमा आउने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार