मंगलबार, मंसिर ११ गते २०८१

सशस्त्रका ३ जना एसपीमाथि छानबिन

सशस्त्रका ३ जना एसपीमाथि छानबिन

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • सशस्त्रका ३ जना एसपीमाथि छानबिन

    सशस्त्र प्रहरी बलका बारा, पर्सा र पश्चिम नवलपरासीमा कार्यरत ३ जना उपरीक्षक (एसपी)माथि छानबिन सुरु गरिएको छ । १२ नम्बर गण हेडक्वार्टर बाराका गणपति राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर नवलपरासी पश्चिमका प्रमुख रुपकुमार क्षेत्रीलाई प्रधान कार्यालयमा फिर्ता बोलाएको छ ।

    images


    केही कुरा बुझ्नुपर्ने भएको हुनाले ३ जना एसपीलाई प्रधान कार्यालयमा बोलाएको सशस्त्र प्रहरीका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र खनालले बताए । मुख्यालयले छानबिनका लागी डाकेका ३ जना एसपी सिसम–२ का ब्याचमेट हुन् । प्रधान कार्यालयबाट छडके निरीक्षणमा खटिएको टोलीले त्रुटी औंल्याएर प्रतिवेदन दिएसँगै उनीहरू छानबिनमा तानिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार