मंगलबार, मंसिर ११ गते २०८१

नेपाली सेनाको गाडी दुर्घटनाः १५ जना घाइते, ४ को अवस्था गम्भीर

नेपाली सेनाको गाडी दुर्घटनाः १५ जना घाइते, ४ को अवस्था गम्भीर

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • नेपाली सेनाको गाडी दुर्घटनाः १५ जना घाइते, ४ को अवस्था गम्भीर

    काठमाडौँ । पाँचथरमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको मिक्लाजुङ गाउँपालिका ६ स्थित राँके–रवि–भेडेटार सडकखण्डमा दुर्घटना भएको हो ।

    images

    प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी आइतबार दिउँसो दुर्घटनामा परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

    अदलीबदली भएका सैनिक कर्मचारी चढेको गाडी आफैँ अनियन्त्रित भएर सडकबाट लगभग १५० मिटर तल झरेको प्रहरीले जनाएको छ । गाडीमा १८ जना सवार थिए । तीमध्ये १५ जना घाइते भएका हुन् । घाइतेको १३ जनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँको आर्मी अस्पताल छाउनीमा उपचार भइरहेको छ । अन्य दुई जनाको भने विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार