मंगलबार, मंसिर ११ गते २०८१

सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय

सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय

अखबार दैनिक
आइतबार, मंसिर १८ २०७९
  • सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय

    काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । 

    images

    आइतबार बिहान सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो । सेनाले निष्क्रिय पारेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । 

    भक्तपुरको लोकन्थलीस्थित सांसद बास्कोटाको घर बाहिर शंकास्पद वस्तु फेला परेपछि बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो । 

    एमाले नेता बास्कोटा गत प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी बन्नुभएको थियो ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार