शुक्रबार, मंसिर १४ गते २०८१

रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

अखबार दैनिक
शुक्रबार, मंसिर १६ २०७९
  • रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

    एजेन्सीरयुरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन, रोक्का गरी राखिएको रूसी सम्पत्ति जफत गर्ने योजना प्रस्ताव गरेको छ ।

    images

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार एक विज्ञप्ति जारी गर्नु हुँदै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताउनुभएको हो । रूसी केन्द्रीय बैंकको ३ सय अर्ब युरो रोक्का गरिनुका साथै रूसी कुलीन वर्गको सम्पत्ति जफत गरिएको उहाँले बताउनुभयो ।

    ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको जसले रूसको अपराधको अनुसन्धान र अभियोजन गर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार