आइतबार, मंसिर ९ गते २०८१

निमोनियालाई हेलचेक्राइँ गरे ज्यानै जान सक्छ

निमोनियालाई हेलचेक्राइँ गरे ज्यानै जान सक्छ

अखबार दैनिक
शुक्रबार, मंसिर १६ २०७९
  • निमोनियालाई हेलचेक्राइँ गरे ज्यानै जान सक्छ

    काठमाडौँ । निमोनियाको कारण धेरै बालबालिकाको मृत्यु हुने गर्छ । अस्पतालमा पनि जाडो मौसममा निमोनियाका बिरामी बढ्नुका साथै मृत्युदर पनि बढ्ने गर्छ ।

    images

    त्रिभुवन विद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा.नीरज बमका अनुसार निमोनिया एक प्रकारको फोक्सोमा हुने सङ्क्रमण हो । भाइरस, ब्याक्टेरिया फङ्गस वा अन्य रसायनबाट निमोनिया लाग्ने डा.बमको भनाई छ । चिकित्सकका अनुसार निमोनिया श्वासप्रश्वासको माध्यबाट सर्ने गर्छ । अन्य मौसमको तुलनामा जाडोको मौसममा, धूँवा, धुलोका कारणले निमोनियाको जोखिम बढी हुने डा.बमको भनाई छ । निमोनिया जुनसुकै उमेरका मानिसलाई पनि देखिन सक्छ । तर बालबालिका,ज्येष्ठ नागरिक, दीर्घ रोगी ,गर्भवती रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बढी जोखिममा हुने डा.बम बताउनुहुन्छ । रुघा लाग्ने, खोकी लाग्ने,नाकबाट सिँगान बग्ने, ज्वरो आउने,बच्चाले छिटो छिटो सास फेर्ने, सास फेर्न गाह्रो हुने,कोखा हान्ने निमोनियाका मुख्य लक्षण हुन । निमोनियालाई हेलचेक्राई गर्दा ज्यान समेत जान सक्ने भएकाले तुरुन्त अस्पतालमा लैजान चिकित्सकको सुझाव छ । 

    निमोनियाबाट बच्नका लागि स्वस्थ जीवनशैली, दैनिक शारीरिक अभ्यास गर्नुपर्छ । यस्तै, धूम्रपान, मद्यपानबाट टाढा बस्न चिकित्सकको सुझाव छ । निमोनियाबाट बच्न निमोनिया विरुद्धको खोप लगाउन सकिन्छ । बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी र अन्य रोग प्रतिरोधात्म क्षमता कम भएका मानिस निमोनिया भएका मानिसहरू न्यानो लुगा लगाउने, दम, क्षयरोगका बिरामीले नियमित औषधि सेवन गर्न भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिने धुवाँ,धुलोमा नजाने, निमोनिया विरुद्धको खोप लगाउदा पनि निमोनियाबाट बच्च सकिने चिकित्सकले बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ