मंगलबार, मंसिर ११ गते २०८१

निर्वाचन लगतै काममा लागे कृष्ण धिताल

निर्वाचन लगतै काममा लागे कृष्ण धिताल

अखबार दैनिक
बुधबार, मंसिर १४ २०७९
  • निर्वाचन लगतै काममा लागे  कृष्ण धिताल

    मंसिर १४ गोरखा । गोरखा निर्वाचन क्षेत्र नं.१ (क) प्रदेशका नवनिर्वाचित संसद कृष्ण धितालले निर्वाचित भएलगतै गोरखा चितवन जोडने त्रिशुली नदि माथिको बुटार पुलको विषयमा धितालले सडक विभागका अधिकारीहरु संग छलफल गरी तुरुन्तै पुरानो ठेक्का तोडी नयाँ ठेक्का तयारी गर्न लगाएका छन् ।

    images

    गोरखाको गण्डकी गाउँपालिका बुटार जोड्ने गरी त्रिशूली नदीमाथि पप्पु कन्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको ८ वर्ष बित्यो । राजमार्ग जोड्ने बुटार पुल अलपत्र हुँदा सो क्षेत्रका स्थानिय जनतालाई आउजाउमा  निकै समस्य भएको छ । "दुवैतर्फ पुलको पिल्लर मात्रै हालेर कन्ट्रक्सनले काम छाडेको छ । सम्झौता अनुसार पुल निर्माण २०७४ पुस २९ गते सक्नुपर्थ्यो। निर्माण सुरु भएको आठ वर्ष र सम्पन्न भइसक्नुपर्ने पाँच वर्षसम्म पुलको प्रगति ११ प्रतिशत मात्रै छ। समयमै काम नसक्ने निर्माण व्यावसायीलाई २०७५ असार २७ गते कार्यालयले करिब दुई करोड भुक्तानी दिएको  थियो।"

    विवादपछि निर्माण व्यावसायीले सर्वोच्च अदालतमा २०७६ कात्तिकमा मुद्दा दायर गरे। मुद्दा फैसला नहुँदा पुल निर्माण थप अन्योल बनेको छ । भूकम्प, नाकाबन्दी, कोभिड १९, सार्वजनिक खरिद नियमावलीको संशोधन लगायत कारणले म्याद थप हुँदै आएको थियो, पक्की पुल नजिकै एक सय मेघावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माण हुँदैछ । उक्त आयोजनाले समेत स्थानिय बासीलाई ढाटेको हुनाले स्थानिय बासीहीरु आयोजक संग रुस्ट बनेका छन्, उक्त अयोजना निर्माण गर्न नदिनका लागी स्थानियले अवाज उठाएका छन्, भने आयोजनाको त्यस क्षत्रेमा कुनै पनि काम नरहेको स्थानियले बताउदै आएका छन् । 

     

    ewew.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार