आइतबार, जेठ ६ गते २०८१

सेमिफाइनलमा पारिजिताको प्रवेश

सेमिफाइनलमा पारिजिताको प्रवेश

अखबार दैनिक
बुधबार, मंसिर १४ २०७९
  • सेमिफाइनलमा पारिजिताको प्रवेश

    काठमाडौं । पारिजिता बाँस्तोला  ‘अमेरिकी द भ्वाइस’ को सेमिफाइनलमा प्रवेश गरेकी छिन् । 

    images

    पारिजिताले गायिका एलेसिया काराको ‘स्कार्स टु योर’ ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । एलेसियाको गीत पारिजिताले गाएपछि उनले पारिजितालाई बधाई दिएकी छिन् । उनले पारिजिताको प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।

    यस अघिका चरणमा उत्कृष्ट प्रस्तुति दिँदै आएकी पारिजितालाई विश्वभर छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएको कारण सेमिफाइनल प्रवेश गरेकी हुन् ।

    पारिजितालाई थुप्रै नेपाली कलाकारहरुले समर्थन गरि सकेका छन् । उनलाई जिताउन नेपालका चर्चित कलाकारहरूको साथ र सहयोग पनि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार