काठमाडौं । दक्षिण एसियाली टेबल टेनिस प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म काठमाडौंमा हुने भएको छ । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चान हुने प्रतियोगिताको अन्तिम तयारीका लागि नेपाल जुटेको आयोजक अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले बताउनुभयो ।
प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहने मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघले जानकारी दिएको छ । सहभागिताको लागि भुटानसँग छलफल भईरहेको पनि संघले जनाएको छ ।
प्रतियोगितामा ६० खेलाडीको सहभागिता रहनेछ । लिग कम नकआउट आधारमा खेलाइने यस प्रतियोगिताबाट पाँच पाँच जना पुरुष र महिला खेलाडी एसियन छनोट च्याम्पियनसिपमा सहभागि हुनेछन् । प्रतियोगितामा नेपालबाट
पुरुषतर्फ रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे तथा महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापामगरले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।