बिहीबार , वैशाख ५ गते २०८२

सुकुम्बासी बस्तीमा भएको झडपमा घाइते नगर प्रहरीसहित सबैको नर्भिकमा निःशुल्क उपचार

सुकुम्बासी बस्तीमा भएको झडपमा घाइते नगर प्रहरीसहित सबैको नर्भिकमा निःशुल्क उपचार

अखबार दैनिक
मंगलबार, मंसिर १३ २०७९
  • सुकुम्बासी बस्तीमा भएको झडपमा घाइते नगर प्रहरीसहित सबैको नर्भिकमा निःशुल्क उपचार

     

    सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरूको टोली र सुकम्बासीबीच झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए ।

    images

    घाइतेहरूलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगर प्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो ।

    नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्बासी बस्तीमा भएको झडपमा परी घाइते काठमाडौं महानगरका नगर प्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढंगले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको जानकारी दिए ।

    झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले पनि नर्भिकमै उपचार जारी राखिएको छ ।

    सीईओ मिश्रका अनुसार नर्भिकले ३६ जना घाइतेहरूको ३ घण्टाभित्रमा उपचार सकेको थियो । नर्भिकको आकस्मिक उपचार सेवाको महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले समेत प्रशंसा गरेका थिए ।

    घटनापछि राति मेयर शाह र उपमेयर डंगोल घाइतेहरूको अवस्था बुझ्न नर्भिक अस्पताल आएका थिए । सो क्रममा उनीहरूले ‘यति धेरै घाइतेको छोटो समयमै व्यवस्थित उपचारको व्यवस्थापन कसरी गर्नुभयो रु’ भनी नर्भिकका चिकित्सकहरूसँग चासो राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ