नेपाल एसबिआई बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?
नेपाल एसबिआई बैंकले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?
अखबार दैनिक
मंगलबार, मंसिर १३ २०७९
2.6K
Share
नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंककाे हिजाे मंसिर १२ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।