सोमबार, जेठ ७ गते २०८१

स्पोर्ट्स ड्रामा ‘आरसी १५’ मा काम गर्ने रामचरणको घोषणा

स्पोर्ट्स ड्रामा ‘आरसी १५’ मा काम गर्ने रामचरणको घोषणा

अखबार दैनिक
मंगलबार, मंसिर १३ २०७९
  • स्पोर्ट्स ड्रामा ‘आरसी १५’ मा काम गर्ने रामचरणको घोषणा

    एजेन्सी । दक्षिण भारतीय अभिनेता रामचरणले नयाँ फिल्मको घोषणा गरेका छन् ।

    images

    सामाजिक सञ्जालमा यसबारे पोस्ट गर्दै उनले अब बन्न लागेको फिल्म ‘आरसी १५’ भारतव्यापी हुने समेत उल्लेख गरेका छन् । यो स्पोर्ट्स ड्रामालाई बुची बाबु सनाले निर्देशन गर्ने बताइएको छ ।

    ‘आरसी १५’ नाम राखिएको यो फिल्मबारे रामचरणले ट्वीटरमा पोस्ट गरेका छन्, जुन भाइरल बनिरहेको छ । उनले लेखेका छन्, ‘म यसलाई लिएर उत्साहित छु । बुची बाबु साना र पूरै समूहसँग मिलेर काम गर्न ।’

    भारतीय सञ्चार माध्यमका अनुसार हाल रामचरण फिल्म ‘शंकर’को छायांकन न्युजिल्याण्डमा गरिरहेका छन् । फिल्ममा उनले आईएस अफिसरको भूमिका निर्वाह गर्नेछन् । फिल्ममा उनको अपोजिटमा कियारा आडवाणी छिन् । यो एक्सन थ्रिलर फिल्म हो ।

    यसअघि एसएस राजमौलीद्वारा निर्देशित ‘आरआरआर’ बाट उनले विश्वव्यापी चर्चा पाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार