बिहीबार , कात्तिक १५ गते २०८१

ह्वातै चिसो बढ्यो

ह्वातै चिसो बढ्यो

अखबार दैनिक
मंगलबार, मंसिर १३ २०७९
  • ह्वातै चिसो बढ्यो

    काठमाडौं । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

    images

    आज बिहान तराईका भू–भागमा भने हुस्सु–कुहिरो लागेको छ । जसका कारण तराईमा चिसो ह्वातै बढेको हो । हुस्सु र कुहिरोका कारण सवारी साधन सञ्चालनमा समेत बिहानको समयमा कठिनाइ हुने गरेको छ । मंगलबार बिहान देशका पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।


    विभागका अनुसार मंगलबार दिउँसो भने प्रदेश–१ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । साथेै बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ। मंगलबार राति भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार