शुक्रबार, मंसिर १४ गते २०८१

पाकिस्तानका ६ प्रहरी चौकीमा आक्रमणको धम्की

पाकिस्तानका ६ प्रहरी चौकीमा आक्रमणको धम्की

अखबार दैनिक
सोमबार, मंसिर १२ २०७९
  • पाकिस्तानका ६ प्रहरी चौकीमा आक्रमणको धम्की

     काठमाडौँ । पाकिस्तानका ६ वटा प्रहरी चौकीमा आक्रमणको धम्की आएपछि पाकिस्तानभरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    images

    गत साता पाकिस्तानका कुख्यात गिरोहका प्रमुख खुदा बुख्श लाउन्ड र प्रहरीबीच गोली हानाहानमा भएको थियो । सोही झडपमा क्रममा लाउन्ड मारिएका थिए । दोहोरो भिडन्तका क्रममा ५ जना प्रहरीसहित कम्तिमा १२ जना घाइते भएका थिए । त्यही भूमिगत समूहका प्रमुखको हत्याको बदला लिन धम्की आएको हो ।

    झडपमा हतियारधारी आतंककारीहरू थुप्रै बुलेट प्रुफ गाडीहरू छोडेर फरार भएका थिए । त्यसअघि यो साताको सुरुमा अपराधीहरूले हिंसक झडपमा प्रहरी बल विरुद्ध रकेट लन्चर, मोर्टार र अन्य हतियार प्रहार गरेपछि पाकिस्तान सरकार थप सशंकित बनेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार