धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १४२ जना बिरामीको उपचार गरिएको छ।
क्लिनिकमा ५३ जनाले जनरल फिजिसियनबाट सेवा लिएका र १७ जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञको सेवा लिएको उपमहानगरले जनाएको छ। यस्तै, वडा क्लिनिकमा ७२ जनाले आँखा रोगसम्बन्धी सेवा लिएको र १५ जनालाई प्रयोगशालासम्बन्धी सेवा प्रदान गरिएको उपमहानगरले जनाएको छ।
क्लिनिकमा १० जनाले अल्ट्रासाउन्ड, ३ जनाले ईसीजी र १४ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषज्ञ वडा क्लिनिकबाट ७० वर्षमाथिका ४१ जना वृद्धवृद्धालाई उपचार सेवा प्रदान गरिएको छ भने २२ जना बिरामीलाई रेफर गरिएको छ।