बिहीबार , कात्तिक १५ गते २०८१

आज अन्तरराष्ट्रिय महिला हिंसा अन्त्य दिवस

आज अन्तरराष्ट्रिय महिला हिंसा अन्त्य दिवस

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • आज अन्तरराष्ट्रिय महिला हिंसा अन्त्य दिवस

    काठमाडौँ । आज ४३ औँ अन्तरराष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि १६ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस वर्षको नारा ‘महिलाविरुद्धको दुर्व्यवहार अन्त्यको अभियान’ भन्ने राखिएको छ ।

    images

    सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो । डोमिनिकन रिपब्लिकमा तात्कालीन समयमा त्यहाँका तानाशाहा राफेल टुलिजाले तीन मिरावल महिला अधिकारकर्मीलाई वीभत्स तरिकाले हत्या गर्न आदेश दिएको बताइन्छ । उनको आदेशअनुसार ती तीन मिरावल दिदीबहिनीको हत्या गरिएको थियो । त्यसदिनको सम्झनामा हरेक वर्ष १९८१ देखि महिला हिंसा अन्त्य दिवस मनाउन थालिएको हो ।

    यसैगरी २००० फेब्रअरी ७ देखि संयुक्त राष्ट्र संघको महासभाले पनि नोबेम्वर २५ अर्थात् आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रूपमा औपचारिक रूपमा मनाउन सुरू गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार