प्रतिनिधि सभाको गुल्मी क्षेत्र नम्बर १ मा गठबन्धका उम्मेदवार चन्द्र भण्डारीको अग्रता कायमै रहेको छ । जिल्लाको कालीगण्डकी चन्द्रकोट र सत्यवती गाउँपालिकाको मतगणना सम्पन्न हुँदा भण्डारी नौं सय ८४ मतले अगाडि हुनुहुन्छ ।
भण्डारीले १२ हजार पाँच सय ४ मत प्राप्त गर्नुभएको छ भने एमालेका प्रदीप ज्ञवालीले ११ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको छ । गुल्मी-१ मा भण्डारी र ज्ञवालीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।