मंसिर ७ काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगको चार बजेसम्मको तथ्यांक अनुसार प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी गरी चार प्रदेशमा नेकपा (एमाले) अग्रस्थानमा छ। तयसैगरी मधेश प्रदेशमा नेपाली कांग्रेस र कर्णली प्रदेशमा नेकपा (माओवादी केन्द्र) अगाडि छ।
प्रदेश सभामा दलगत स्थिति
प्रदेश १ मा नेकपा (एमाले)ले अहिलेसम्म हजार ८५४ मत प्रप्त गरेको छ। त्यसैगरी, नेपाली कांग्रेसको ५४ हजार ३४५, नेकापा (माओवादी केन्द्र)ले २२ हजार ९६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८ हजार ९२०,जनता समाजवादी पार्टीले आठ हजार ६६ र अन्य पार्टीले २६ हजार १५६ मत प्रप्त गरेका छन्।
मधेश प्रदेशमा
प्रदेशसभा अन्तर्गत मधेश प्रदेशमा नेपाली कांग्रेसको १४ हजार ३४१, नेकपा एमालेले १२ हजार ८१८, जनमत पार्टीले १० हजार ९५८,जनता समाजवादी पार्टीले पाँच ६४०, नेकपा माओवादी केन्द्रले चार हजार ६६४र अन्य पार्टीले १४ हजार ३८मत प्रप्त गरेका छन्।
बाग्मती प्रदेश
बाग्मती प्रदेशमा एमालेको ३२ हजार ३५२, नेपाली कांग्रेसले ३० हजार ३०६, राष्ट्रिय प्रजातन्त्र पार्टीको १७ हजार ७८१, नेकपा माओवादी केन्द्रको १५ हजार ६११, नेपाल मजदुर किसान पार्टीको १५ हजार २५५ र अन्य पार्टीले ११ हजार ३६१ मत प्रप्त गरेका छन्।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा एमालेले ६१ हजार ७१५, नेपाली कांग्रेसले ४६ हजार ४७१, नेकपा माओवादी केन्द्रले १६ हजार ६५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले १० हजार ९०५, एकीकृत समाजवादीले पाँच हजार ८५ र अन्य पार्टीले १० हजार ९४६ मत प्रप्त गरेका छन्।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा नेकपा एमालेले ८० हजार २०५, नेपाली कांग्रेसले ६३ हजार २८५, नेकपा माओवादी केन्द्रले २२ हजार २७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८ हजार ६८३ ,नागरिक उनमुक्ति पार्टीले सात हजार ३८५, र अन्य पार्टीले २९ हजार ९३२ मत प्राप्त गरेका छन्।
कर्णली प्रदेश
कर्णली प्रदेशमा माओवादी केन्द्रले सात हजार ३२०, एमालेले तीन हजार ८१८ मत प्रप्त गरेको छ। नेपाली कांग्रेसले दुई हजार ५२०, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ सय नेपाल मजदुर किसान पार्टीले ५४३ र अन्य पार्टीले ७३५ मत प्रप्त गरेका छन्।