काठमाडौं । काठमाडौं–१ प्रदेशसभा (ख) नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले चार हजार ५१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले)का गणेशप्रसाद दुलालले दुई हजार ७५३ मत प्राप्त गर्नुभयो ।
दुलाल यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसका तर्फबाट पनि लामिछाने नै प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
यसैगरी, कांग्रेसले काठमाडौं–३ का पनि तीन वटै सिटमा ‘क्लिन स्वीप’ गरेको छ । काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । प्रदेशसभा १ मा कांग्रेसका छिरिङदोर्जे लामा र प्रदेशसभा २ मा कांग्रेसकै बिमल ठकुरी निर्वाचित हुनुभएको छ ।