आमनिर्वाचन अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फिर्ता भएका छन् । हिजो सबैभन्दा धेरै विदेशी अतिथिहरू काठमाडौंबाट प्रस्थान गरेको बताइएको छ ।
विमान बंगलादेशको उडान नम्बर बीजी ३७२ बाट बंगलादेशका प्रमुख निर्वाचन आयुक्त काजी हबिबुल हुमअवाल दिउँसो पौने १ बजे ढाकातर्फ गएका थिए।
त्यसैगरी कोरियाली प्रतिनिधिमण्डल पनि हिजै फर्केको छ। कोरियाका मुख्य निर्वाचन आयुक्त कांग सेओङ बाएको नेतृत्वमा आएको तीन सदस्यीय टोली क्वालालम्पुर हुँदै स्वदेश फर्केको हो।
काठमाडौंबाट मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ०७१ बाट दिउँसो साढे ३ बजे टोली सिओलतर्फ गएको हो। भारतीय प्रमुख निर्वाचन आयुक्त राजीवकुमार श्रीमती र अन्य सदस्यसहित हिजो अपरान्ह इण्डिगो एअरलाइन्सको उडानमा नयाँ दिल्ली गएका छन्। ५ बजे इण्डिगो एअरको उडान नम्बर ६इ ०३४ बाट भारतीय पाहुना टोली स्वदेश फर्केको निर्वाचन आयोगले जनाएको छ।