बिहीबार , कात्तिक १५ गते २०८१

चार दिन बित्दा पनि हुम्लामा मतपेटिका संकलन हुन सकेन : मतपेटिका र कर्मचारी अलपत्र

चार दिन बित्दा पनि हुम्लामा मतपेटिका संकलन हुन सकेन : मतपेटिका र कर्मचारी अलपत्र

अखबार दैनिक
बुधबार, मंसिर ७ २०७९
  • चार दिन बित्दा पनि हुम्लामा मतपेटिका संकलन हुन सकेन : मतपेटिका र कर्मचारी अलपत्र

    मंसिर ७ काठमाडौं । हुम्लामा निर्वाचन भएको चार दिन बित्दा पनि मतपेटिका संकलन हुन सकेको छैन । प्रदेशसभा २ का मतपेटिकाहरू अझै सदरमुकाम आउन नसक्दा मत गणना पनि सुरु हुन सकेको छैन । सो क्षेत्रका ३४ केन्द्रका १ सय ३६ मतपेटिका सर्केगाड केन्द्रमा थन्क्याइएको छ ।

    images

    हेलिकप्टर उपलब्ध नहुँदा मतपेटिका सदरमुकाम सिमकोट लैजान नसकिएको महादेव माध्यमिक विद्यालय दार्मा मतदान केन्द्रका मतदान अधिकृत भीमबहादुर रोकायाले बताए । मतदान अधिकृत, कर्मचारी, म्यादी प्रहरी, सुरक्षाकर्मीलाई समेत समस्या भएको र ४९ कर्मचारी र सुरक्षाकर्मी लिमिमै अलपत्र परेको रोकायाले बताए ।

    अत्यधिक चिसो रहेको लिमीमा खान बस्नका लागि समेत समस्या भएको कर्मचारीले गुनासो गरेका छन् । उच्च हिमाली भेग हुँदै फर्कनुपर्ने भएकाले पैदल फर्कने अवस्था नरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार