मंगलबार, कात्तिक ६ गते २०८२

बाँसको झाडीमा लगी जबरजस्ती करणी गर्ने पक्राउ

बाँसको झाडीमा लगी जबरजस्ती करणी गर्ने पक्राउ

अखबार दैनिक
बुधबार, मंसिर ७ २०७९
  • बाँसको झाडीमा लगी जबरजस्ती करणी गर्ने पक्राउ

    मंसिर ७ दाङ । महिलालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ४० वर्षीय नवराज डाँगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


    ती महिलालाई सोही ठाउँस्थित बाँसको झाडीमा लगी नवराजले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ