मंसिर ७ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घण्टीसँग साझेदारी गरेर आफूहरूलाई हराएको आरोप लगाएका छन् । पछिल्लो मतपरिणाममा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो नतिजा ल्याएपछि माओवादी नेता सापकोटाको यस्तो टिप्पणी आएको हो ।
उनले फेशबुकमा लेखेका छन्–”नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए–म कालो कांग्रेस हुँ । हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना । हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्विकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।”