बिहीबार , कात्तिक १५ गते २०८१

सबैभन्दा बढी कर तिर्ने कम्पनीमा नोबेल मेडिकल कलेज

सबैभन्दा बढी कर तिर्ने कम्पनीमा नोबेल मेडिकल कलेज

अखबार दैनिक
बुधबार, मंसिर ७ २०७९
  • सबैभन्दा बढी कर तिर्ने कम्पनीमा नोबेल मेडिकल कलेज

    मंसिर ७ काठमाडौँ । आर्थिक वर्ष २०७७–०७८ मा स्वास्थ्य क्षेत्रतर्फका कम्पनीहरूमध्ये नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले सरकारलाई सबैभन्दा बढी कर तिरेको छ ।

    images

    विराटनगरमा रहेको नोबेल डा। सुनिल शर्माले सञ्चालन गरेको शिक्षण अस्पताल हो । हाल शर्मा मोरङ ३ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा छन् ।


    कर दिवसका अवसरमा मंसिर १ देखि ७ गतेसम्म मनाइँदै गरेको कर सप्ताह कार्यक्रमअन्तर्गत बुधबार सरकारले सबैभन्दा बढी कर तिर्ने कम्पनी तथा व्यक्तिलाई सम्ममान गरेको हो । शर्माले काठमाडौँमा काठमाडौँ मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल समेत सञ्चालन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार